नेपाल विजनेश कलेजले लकडाउनका बेला सुरु गर्यो ‘अनलाइन क्लास’ - Daily Nepali News

Daily Nepali News

Hi and welcome to my daily Nepali news website. If you are looking for information about daily news, you've come to the right place.

Breaking News

SEMrush

Sunday, April 12, 2020

नेपाल विजनेश कलेजले लकडाउनका बेला सुरु गर्यो ‘अनलाइन क्लास’


विराटनगर, ३० चैत । लिंकन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त विराटनगर–११ स्थित नेपाल विजनेश कलेजले एमबीए र बीबीए अध्ययनरत विद्यार्थीहरुका लागि अनलाइन कक्षा सुरु गरेको छ । कलेजले दुईसाता यता अनलाइन क्लास संचालन गरिरहेको जनाइएको छ । प्रत्येक दिन विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म एमबीएको र विहान ७ः३० बजेदेखि बेलुका ५ः३० बजेसम्म बीबीएको कक्षा संचालन गरिरहेको जनाएको छ ।

कोरोना भाइरसको (कोविड १९)   संक्रमण फैलिन सक्ने भन्दै लकडाउन जारी रहेको बेला कलेजमा अध्ययनरत विद्यार्थीहरुबीच आ–आफ्नो घरैबाट अध्ययन गर्न मिल्ने गरी कक्षा संचालन गरिएको कलेजका डाइरेक्टर दिपक कोइरालाले जानकारी दिए ।

सवै स्थानमा इन्टरनेटको पहुँच नभएका कारण भने सवै विद्यार्थीको सहभागीता गराउन कठिनाई भइरहेको पनि उनले बताए । यो खबर उदघोष दैनिकमा छापिएको छ ।

No comments:

Post a Comment

Pages