नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुग्यो : स्वास्थ्य मन्त्रालय - Daily Nepali News

Daily Nepali News

Hi and welcome to my daily Nepali news website. If you are looking for information about daily news, you've come to the right place.

Breaking News

SEMrush

Monday, August 10, 2020

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुग्यो : स्वास्थ्य मन्त्रालय

 

काठमाडौं, २६ साउन । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ । बाँकेका १ जना, पर्साका २ जना र काठमाडौंमा गरी संख्या ७९ पुगेको हो ।


बाँके कोहलपुर वडा नम्बर २ बस्ने ७० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा निधन भएको छ । उच्च रक्तचापका बिरामी उहाँ साउन २३ गते भर्ना हुनुभएको थियो । वीरगञ्ज महानगरपालिका–१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको मृत्यु भएको छ ।


मृत्युपछि नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ आएको थियो । पहिलेदेखि नै उच्च रक्तचाप र थाइराइडको विरामी उनलाई श्वास प्रश्वासमा समस्या भएपछि उपचारका लागि अस्पताल ल्याइएको थियो ।


त्यसैगरी, काठमाडौं १० वानेश्वर बस्ने ७६ वर्षीय पुरुषको साउन २६ गते मेडिकेयर अस्पतालमा मृत्यु भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत ६४ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार मृत्यु भएको छ । निमोनिया र मधुमेहको रोगी उनलाई साउन १५ गते अस्पताल भर्ना गरिएको थियो । मृतक कलंकी ट्याङ्लाफाँटका हुन् ।

No comments:

Post a Comment

Pages