अस्ट्रेलियामा ८५ वर्षीया वृद्धालाई ठगेको आरोपमा २ नेपाली पक्राउ - Daily Nepali News

Daily Nepali News

Hi and welcome to my daily Nepali news website. If you are looking for information about daily news, you've come to the right place.

Breaking News

SEMrush

Wednesday, June 24, 2020

अस्ट्रेलियामा ८५ वर्षीया वृद्धालाई ठगेको आरोपमा २ नेपाली पक्राउ


अष्ट्रेलियामा ठगी गरेको आरोपमा २ नेपाली पक्राउ परेका छन् । उनीहरु सिड्नीमा बस्ने ८५ वर्षीया वृद्धालाई ठगी गरेको आरोपमा समातिएका हुन् ।


पक्राउ परेकाहरु १९ वर्षका आयुष भट्टराई र २२ वर्षीया नेहा गिरी रहेका छन् । सिड्नीको टेलिभिजन न्युज ९ का अनुसार उनीहरुले ती ८५ वर्षीय वृद्धालाई बैंकको खातामा समस्या आएको र नयाँ खाता बनाउनु पर्ने भन्दै टेलिफोन सम्पर्क गरेका थिए ।


त्यसपछि नयाँ खाता सिर्जना गर्नुपर्ने सल्लाहका साथै नयाँ खाता सिर्जना गरेर त्यही राखिदिने प्रस्ताव गर्दै ३ हजार डलर मागेका थिए । तर ती वृद्धाको खातामा समस्या आएको थिएन । 

उनले एकैपटकमा विश्वास गरिन् र उनीहरुले घरमै पठाएका कुरियर कर्मीलाई वृद्धाले सो रकम पठाइदिइन् । त्यसपछि वृद्धालाई ठगिएको शंका लागेको थियो । लगत्तै उनले प्रहरीकोमा सम्पूर्ण कृयाकलापबारे बताएकी थिइन् ।


प्रहरीलाई जानकारी दिएपश्चात् पनि सोही समूहले पुनः ५ हजार डलर मागेको र पैसा लिन बोलाएर उनीहरुलाई सोमबार  पक्राउ गरिएको न्युज ९ सिड्नीले प्रशारण गरेको छ । पक्राउ परेका नेपालीहरुलाई अनुसन्धानबाट अन्तरदेशीय ठगहरुको गिरोहमा आबद्ध गराएको पत्तो लागेको बताइएको छ ।


जो उनीहरु अष्ट्रेलियामा बसेर भारतबाट सञ्चालित रहेको खुलेको छ । ती वृद्धाजस्तै अन्य टेलिफोनको सम्पर्कमा आएका अन्य धेरै स्थानीय अष्ट्रेलियन रहेको प्रहरी अनुसन्धानले भेटाएको छ । 

पक्राउ परेका दुवै नेपालीहरुलाई मंगलबार स्थानीय अदालतमा उपस्थित गराइएको न्युज ९ सिड्नीले जनाएको छ ।

No comments:

Post a Comment

Pages