बारामा चट्याङ लागेर चार महिलाको मृत्यु - Daily Nepali News

Daily Nepali News

Hi and welcome to my daily Nepali news website. If you are looking for information about daily news, you've come to the right place.

Breaking News

SEMrush

Thursday, July 2, 2020

बारामा चट्याङ लागेर चार महिलाको मृत्यु


बारामा चट्याङ लागेर चार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

आज बिहान जिल्लाको कलैया उपमहानगरपालिका –१२ शितलपुर र फेटा गाउँपालिका–१ मा गरी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

मृत्यु हुनेमा शितलपुरको खेतमा रोपाइँ गरिरहेकी ३५ वर्षीया आशादेवी महतो र ४५ वर्षीया हलिमा खातुनको चट्याङ लागेर मृत्यु भएको हो । 

फेटामा घरमा चट्याङ लग्दा एकै घरका ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनारपतिदेवी महतोको घटनास्थलमै मृत्यु भएको प्रवक्ता मिश्रले बताए । चट्याङ लागेर फेटामा पाँच जना घाइते भएका छन् । 

घाइतेलाई अस्पताल लगिएको र मृतकको शव परीक्षणका लागि कलैया अस्पतालमा ल्याउने तयारी भइरहेको प्रवक्ता मिश्रले जानकारी दिए ।


No comments:

Post a Comment

Pages