भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ हजार नाघ्यो - Daily Nepali News

Daily Nepali News

Hi and welcome to my daily Nepali news website. If you are looking for information about daily news, you've come to the right place.

Breaking News

SEMrush

Tuesday, September 1, 2020

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ हजार नाघ्यो

 


भारतमा दिनदिनै कोरोना भाइरस संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गर्दै आएको छ । आजपनि भारतमा नयाँ कोरोना संक्रमितको संख्याले उच्च रेकर्ड कायम गरेको छ । पछिल्लो २४ घण्टामा २४ घण्टामा ६८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।


यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ६८ हजार ७७० जना पुगेका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३६ लाख ८७ हजार ९३९ पुगेको छ ।


अहिले भारत विश्वका धेरै कोरोना संक्रमित मुलुकहरुको तेस्रो स्थानमा रहेको छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी कोरोना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् । 


संक्रमितमध्ये अहिलेसम्म २८ लाख ३७ हजार ३७७ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ८५ हजार १२७ जनाको उपचार भइरहेको छ ।


यस्तै, भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ६५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ८१८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ६५ हजार ४३५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

No comments:

Post a Comment

Pages