कारको ठक्करबाट विराटनगरमा एकको मृत्यु चालक पहिचान भएपनि प्रहरीले प्रक्राउ किन गरेन? - Daily Nepali News

Daily Nepali News

Hi and welcome to my daily Nepali news website. If you are looking for information about daily news, you've come to the right place.

Breaking News

SEMrush

Sunday, June 6, 2021

कारको ठक्करबाट विराटनगरमा एकको मृत्यु चालक पहिचान भएपनि प्रहरीले प्रक्राउ किन गरेन?

   कारको ठक्करबाट विराटनगरमा एकको मृत्यु


विराटनगर, प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीको छोरा रोबिन कार्कीले चलाएको कारको ठक्करबाट (२० जेष्ठ २०७८, बिहीबार) साँझ साढे ७ बजे एयरपोर्ट जाने बाटोमा कारको ठक्करबाट पैदलयात्री भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि कोशी अस्पताल लगिएको केही समयमै उनको मृत्यु भए । 


यस्तै सोही कारको ठक्करबाट कटहरी निवासी राजकुमार राजवंशी पनि घाइते भएका छन् । उनको नोबेल अस्पतालमा उपचार भइरहेको छ । उनीहरु विराटनगर–४ स्थित न्यू एभरेष्ट स्टिल उद्योगमा कार्यरत मजदुर हुन् ।


उनीहरुलाई उद्योगमा काम गरेर फर्किने क्रममा कारले ठक्कर दिएको थियो । प्रदेश ३–०१–००२ च २१३९ नम्बरको उक्त कार प्रदेशसभा सदस्य बिन्दिया कार्कीको रहेको प्रहरीले जनाएको छ । ठक्कर दिएपछि चालक कार्की त्यहाँबाट फरार भएका छन् । दुर्घटनामा परेको कार क्षतिग्रस्त भएको छ ।


दुर्घटनामा चालकको पहिचान खुलेपनि प्रहरीले कार्कीलाई नियन्त्रणमा किन लिइरहेका छैनन् भन्ने जनताले  बारम्बार  प्रश्न उठाइरहेका छन् । कतिपय प्रश्न यस्तो छन् भने की प्रदेशसभा सदस्य विन्दिया कार्कीको छोरा हो भनेर त नियन्त्रणमा लिइरहेका छैनन् की ? की नक्कली चालक खडा गरेर सांसदका छोरा जोगाउने चलखेल त भइरहे छैन ? यस्ता प्रश्नहरु सामाजिक संजालमा छाएका छन् ।


कानुनी व्यवस्था 


लाइसेन्स बेगार सवारी चलाएर दुर्घटनामा परि कुनै व्यक्तिको मृत्यु भए सवारी चलाउने चालक र सवारी धनीलाई ‘सवारी ज्यान मुद्दा’ दर्ता हुने कानुनी व्यवस्था रहेको छ । लाइसेन्स नहुने व्यक्तिको हकमा सवारी ज्यान मुद्दाको १६१ को दफा २ र दफा ४ आकर्षिक हुन आउँछ ।


उक्त कसुर पुष्टि भएको खण्डमा सवारी चलाउने व्यक्तिलाई कसूरको मात्रा अनुसार तीन वर्षदेखि दश वर्षसम्म कैद र तीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुनेछ । सवारी चालक अनुमति पत्र नभएको हकमा पनि थप सजायको व्यवस्था रहेको छ ।


सवारी ज्यान मुद्दाको दफा ४ मा चालक अनुमतिपत्र नभएका व्यक्तिले सवारी चलाई उपदफा (१) वा (२) बमोजिमको कसुर गरेमा निजलाई सोही उपदफा बमोजिम हुने सजायमा थप दुई हजार रुपैयाँसमेत जरिवाना हुने कानुनी व्यवस्था रहेको छ । 


यस्तै सोही मुद्दाको दफा ५ मा कुनै सवारीको धनी वा सवारीको जिम्मा लिएको व्यक्तिले चालक अनुमतिपत्र नभएको व्यक्तिलाई सवारी चलाउन दिई कुनै मानिसलाई किची, ठक्कर लागि वा दुर्घटना भई सो मानिस मर्न गएमा त्यस्तो सवारी चलाउन दिने व्यक्तिलाई दुई वर्षसम्म कैद हुने कानुनी व्यवस्था रहेको छ ।

No comments:

Post a Comment

Pages